काठमाडौं– मिस नेपाल २००० उषा खड्गी अहिले नयाँ फिल्म ‘नरसिंह अवतार’ का कारण चर्चामा छिन् । यो फिल्म यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
उषा अहिले अन्य फिल्मको शूटिङमा पनि व्यस्त छिन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्म ‘नरसिंह अवतार’ बाट उषाले फिल्ममा डेब्यु गरेकी हुन् । त्यसो त उषालाई पहिला पनि फिल्मका लागि प्रस्ताव नआएको होइन, तर उनले व्यक्तिगत कारणले फिल्ममा अभिनय गर्न पाइनन् । तर अब भने उनी फिल्ममा निरन्तर लागि रहने बताउँछिन् ।
त्यसो त अहिले उषाको सम्बन्ध विच्छेदपछि दोस्रो विवाहको हल्ला पनि चल्न थालेको छ । ...
विवाहको हल्लाबीच उषा भन्छिन्– ‘म अब जुराएर मात्र विवाह गर्छु’


