सिटी सेन्टरमा सञ्चालनमा आयो १८ डि सिनेमा

KalakarmiKalakarmiSourceApr 15, 20251 min read
सिटी सेन्टरमा सञ्चालनमा आयो १८ डि सिनेमा
काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारेर यो सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन् । उद्घाटन समारोहमा सहभागी हमालले आफैँले पनि १८ डी सिनेमाको अनुभव लिए । ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन, अभिनेता हमालको प्रतिक्रिया छ । सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन् । फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा तथा हिमाल गुरुङद्वारा ...