पल शाह अब निर्माता, नयाँ वर्षमा घोषणा गरे ‘यानीमाया’

KalakarmiKalakarmiSourceApr 14, 20251 min read
पल शाह अब निर्माता, नयाँ वर्षमा घोषणा गरे ‘यानीमाया’
काठमाडौं– नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका अभिनेता पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म प्रकाश, पुजार सार्की तथा महाभोजको कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फ्यामिली ड्रामा कथामा आधारित रहेर यो फिल्म बन्नेछ । फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् । विकासले लेखेका तीन ...