नयाँ वर्षको पहिलो दिन ‘मिरमिरे’ को घोषणा

KalakarmiKalakarmiSourceApr 14, 20251 min read
नयाँ वर्षको पहिलो दिन ‘मिरमिरे’ को घोषणा
काठमाडौं– निर्देशक याम शेर्पाले नयाँ नेपाली फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । उनले ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिजको घोषणासमेत गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने यो फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् । सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । ...