नयाँ वर्षमा स्क्रिप्ट पूजा गर्दै ‘जदौ’ को घोषणा

KalakarmiKalakarmiSourceApr 14, 20251 min read
नयाँ वर्षमा स्क्रिप्ट पूजा गर्दै ‘जदौ’ को घोषणा
काठमाडौं– नयाँ वर्ष २०८२ को पहिलो दिन अर्थात आज वैशाख १ गते सोमवार झण्डै आधा दर्जन नयाँ नेपाली फिल्महरु निर्माण हुने घोषणा गरिएको छ । ती फिल्महरुमध्ये एक हो ‘जदौ’ । नयाँ वर्ष २०८२ सालको अवसरमा सिल्भर स्क्रीन इन्टरटेनमेन्ट प्रालि तथा समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्टको सहकार्यमा नयाँ नेपाली फिल्म ‘जदौ’ निर्माणको घोषणा गरिएको हो । सोमवार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको स्क्रिप्टको पूजा गरिएको लेखक काजी लिम्बूले जानकारी दिएका छन् । ‘जदौ’ को निर्देशक, प्राविधिक तथा कलाकारको बारेमा केही दिनमा पूर्ण जानकारी दिइने निर्माण पक्षले जनाएको छ ।