व्यवसायिक सफलताको यात्रामा ‘पिताम्बर’, निर्देशक चौलागाईँ भन्छिन्– ‘सबै पीडा भुल्यौं’

KalakarmiKalakarmiSourceApr 13, 20251 min read
व्यवसायिक सफलताको यात्रामा ‘पिताम्बर’, निर्देशक चौलागाईँ भन्छिन्– ‘सबै पीडा भुल्यौं’
काठमाडौं– चैत २९ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ व्यवसायिक रुपमा सफल हुने यात्रामा अघि बढेको छ । सिनेमा हलमा राम्रो शो पाइरहेको यो फिल्मले दर्शकको लोभलाग्दो साथ पाइरहेको छ । आइतवार काठमाडौंमा आयोजना प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएकी छिन् । निर्देशक चौलागाईँले शुक्रवारदेखि नै धेरै सन्देशहरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको कारण सुटिङको दौडानमा परेका अप्ठ्याराहरु नै भूलेको बताइन् । ‘हाम्रो फिल्मले राम्रो प्रतिक्रिया पाउँछ । ...