पाँचौँ हप्तामा ‘अञ्जिला’, गत वर्षको उत्कृष्ट पाँचमा समावेश

KalakarmiKalakarmiSourceApr 10, 20251 min read
पाँचौँ हप्तामा ‘अञ्जिला’, गत वर्षको उत्कृष्ट पाँचमा समावेश
काठमाडौं- गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ पाँचौँ हप्ता प्रवेश गरेको छ । यो फिल्मको लोकप्रियता कायम रहिरहँदा पाँचौँ हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो । मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले यो हप्तादेखि दुई चर्चित नेपाली फिल्महरू तथा केही विदेशी फिल्महरूसँगै हलमा रिलिज हुनुपर्नेछ । नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ गत वर्षको उत्कृष्ट ५ सूचीमा परिसकेको छ । यसको व्यापार कायम रहेको हुँदा सूचीमा उकालो लाग्ने सम्भावना कायमै छ । यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान ...