सौराहा- ‘वरिष्ठ बलराम’ को सुटिङ सकेर फर्किने क्रममा हामी सौराहा को एउटा क्याफेमा बसेर कफी खाँदै थियौं । त्यत्तिकैमा मभन्दा टाढा बसिरहनु भएका एक जना दाइलाई देखेँ । उहाँ सारंगी बजाउँदै, गुन्गुनाइरहनु भएको थियो ।
हामीले उहाँलाई बोलायौं, हाम्रो लागि सारंगी बजाइदिन अनुरोध गर्यौं । र उहाँ आउँदै गर्दा मलाई लाग्यो- यो संयोग मात्र होइन, कुनै गहिरो कारणले भेट भइरहेको हो ।
आखिर मैले केही समयअघि सारंगी बजाउने पात्रको भूमिका निर्वाह गरेको थिएँ, र त्यो चलचित्र नेपालकै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म बन्यो, जसका लागि म सधैं आभारी रहने छु ।
उहाँको संगीतले ...
जब पूर्ण बहादुरले भेटे वास्तविक सारङ्गीवादक…


