काठमाडौं- कलाकार दीपक राज गिरीले प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार वहिष्कार भनिएको टिप्पणी गरेका छन् ।
प्रकास सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंशा गरेपछि उनको फिल्म ‘वसन्त’ लाई वहिष्कार गरिएको प्रसंगमा कलाकार गिरीले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । गिरीले समाज क्रुरतातर्फ गइरहेकोसमेत लेखेका छन् ।
उनले लेखेका छन्- ‘प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार वहिष्कार भनियो । मानौं तारिफको सट्टा गालि गरेको भए ? अर्को पक्षले वहिष्कार भन्थ्यो होला, यसको अर्थ समाज क्रुरता तर्फ ।’
उनले गत चैत २२ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘वसन्त’ ले राम्रो व्यापार गर्न नसकेपछि यस्तो टिप्पणी गरेका हुन् ...
प्रधानमन्त्रीको तारिफ गर्दा कलाकार वहिष्कार हुन पुगेको दीपकराजको टिप्पणी


