काठमाडौं- हाल छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । यो फिल्मको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माण पक्ष जुम्ला पुगेको हो ।
फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन ।
फिल्मका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज ...
यस्तो छ ‘कल्ली’मा अर्पण थापाको लुक्स


