‘म पो अलमलमा परेँ हौ’ भन्दै भावनाको न्यानोपनमा मग्ध बनाउँदै ‘ऊनको स्वीटर’ को टीजर

KalakarmiKalakarmiSourceApr 7, 20251 min read
‘म पो अलमलमा परेँ हौ’ भन्दै भावनाको न्यानोपनमा मग्ध बनाउँदै ‘ऊनको स्वीटर’ को टीजर
काठमाडौं – पछिल्ला केही दिनमा चर्चामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को टीजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली फिल्ममा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन् । अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा बनेको सुन्दर फिल्म हुनसक्ने आकलन दर्शकले गरेको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले प्रस्ट पार्छ । धेरैलाई टिजरले आफ्नै किशोरकालीन फ्ल्यास ब्याकमा फर्काइदिएको छ । एक युट्युब प्रयोगकर्ता योदिन तामाङ लेख्छन्, ‘प्रत्येक नेपालीलाई ...