फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ काठमाडौंको बूढानीलकण्ठमा आज बिहान जनै हराएको बाहुन फिल्मको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा फिल्मका अधिकांश कलाकार उपस्थित थिए। बूढानीलकण्ठ मन्दिर परिसरमा भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिएका थिए। निर्माण पक्षले जानकारी दिएको अनुसार, भोलिबाट फिल्मको छायांकन सुरु हुनेछ। […]
‘जनै हराएको बाहुन’को शुभमुहूर्त


