काठमाडौं- आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी(धनबहादुर गिरी) को स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा फिल्मकी निर्देशक कृषा चौलागाईंको शब्द छ । द पिक स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिनेश राजवाहक हुन् ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ । गीतमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा खिचिएको गीतमा त्यहाँको परिवेशलाई देखाइएको छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
केपी फिल्मस् र ...
‘पिताम्बर’ को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक (भिडियो)


