काठमाडौं- यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ ।
‘पिजी’ सर्टिफिकेट पाएसँगै अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले बाबु–आमाको साथ लिनु पर्नेछ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ ।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, ...
‘पिताम्बर’ ले पायो पिजी सर्टिफिकेट


