काठमाडौं- नेपाल चलचित्र निर्देशक समाजले शुक्रवार काठमाडौंमा एक भव्य कार्यक्रम आयोजना गरि आफ्नो रजत जयन्ती वर्ष मनायो ।
चलचित्र विकास बोर्डलाई दुलही झैं सिंगारेर वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहि ठकुरीको आतिथ्यमा उक्त कार्यक्रम सप्पन्न भएको थियोे ।
फिल्मकर्मीहरुको बाक्लो उपस्तिथि रहेको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशेष अतिथिको रूपमा रहेका थिए ।
संस्थाका अध्यक्ष जनक दीप पराजुलीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा विशिष्ट चलचित्रकर्मी निर शाहलाई नगद राशीसहित रजत जयन्ती दीर्घ सधना सम्मान २०८१, शम्म्भु प्रधानलाई नगदसहित रजत जयन्ती हिरा सिह स्मृति सम्मान २०८१, निर्देशक कलाकार ...
निर्देशक समाजको रजत महोत्सवमा नीर शाहलाई दीर्घ सधना सम्मान


