काठमाडौं- सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ ।
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ ।
आगामी जेठ ९ गतेदेखि फिल्म देशभरका फिल्म घरमा रिलिज हुनेछ । यसअघि फिल्मको फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा ...
‘जन्ते बाख्रो’ को नयाँ गीत ‘घामै राजा’ सार्वजनिक, फिल्म जेठ ९ गते प्रदर्शनमा आउने


