काठमाडौं- फिल्म ‘लाज शरणम्’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिजमा आएको फिल्म छैटौँ सातामामा प्रवेश गरेको हो ।
प्रदर्शनको पहिलो दिनमै उल्लेखनीय कमाइ गर्दै सफल यात्रा तय गरिरहेको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले बताएको छ । फिल्म ‘लाज शरणम्’ उच्च शो सहित प्रदर्शनमा आएको थियो र अहिले पनि यसको शोहरूमा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ । दर्शकबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको यस फिल्मले अझै केही समय प्रदर्शनको यात्रा कायम राख्ने अपेक्षा गरिएको छ।
‘फिल्म लाज शरणम् सफलतासहित छैटौँ हप्तामा प्रवेश गरेको ...
प्रदर्शनको छैटौँ हप्तामा ‘लाज शरणम्’


