काठमाडौं- मंसिर र पुसको जाडो छल्न भन्दै केही हप्तासम्म नेपाली फिल्म क्षेत्रमा देखिएको सुख्खापनलाई चिर्दै आज शुक्रबारदेखि एक साथ दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।
माघे संक्रान्तिको पूर्व सन्ध्यामा ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज भएका छन् ।
बाबु छोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो ।
घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रुपमा राम्रा फिल्म निर्देशन गरेका थिए । घनश्यामका अनुसार ‘चित्रा’ ले विशेष रुपमा बाबु-छोरीको कथालाई प्रस्तुत ...
फ्राइडे रिलिज: हप्तौंपछि सिनेमा हलमा दुई नयाँ नेपाली फिल्म


