‘जन्ते बाख्रो’ को फर्स्ट लूकसंगै प्रदर्शन मिति घोषणा

KalakarmiKalakarmiSourceMar 27, 20251 min read
‘जन्ते बाख्रो’ को फर्स्ट लूकसंगै प्रदर्शन मिति घोषणा
काठमाडौं– अभिनेता सौगात मल्ल, आशिफ शाह तथा अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत यो फिल्म आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो मितिमा अहिलेसम्म अन्य कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । हिमालको काखमा सेटअप गरिएको यो फिल्मको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई ...