काठमाडौं- नेपाली फिल्म ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् ।
घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसले विभिन्न चर्चाहरू जन्माएको छ ।
‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गर्न सफल भएको छ । निर्देशक अरुण लामाले फिल्मको कथावस्तु अनुसार फिल्मको प्रचार दर्शकसम्म ...
‘डोरी’ को प्रदर्शन पूर्व अभिनेता कुशवाहाको अनौठो प्रचार शैली


