‘महाभोज’ को लागि निश्चल बस्नेतले गरे गीत रेकर्ड, ‘काले दाइ’को परिचय ‘लालुमै’ बनाउने प्रयास

KalakarmiKalakarmiSourceMar 24, 20251 min read
‘महाभोज’ को लागि निश्चल बस्नेतले गरे गीत रेकर्ड, ‘काले दाइ’को परिचय ‘लालुमै’ बनाउने प्रयास
काठमाडौं – निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली फिल्म महाभोजका लागि नयाँ गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो फिलमा उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ । फिल्म ‘महाभोज’ लाई चर्चित निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । रोचक कुरा के छ भने, निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको फिल्म ‘पर्व’ को लोकप्रिय गीत ‘काले दाइ’ बाट मिलेको थियो । उक्त गीतमा बस्नेतले स्वर दिएका थिए ...