पूर्ण तयारीका साथ भाइ विम्बलाई फिल्ममा डेब्यू गराउन लागि परेकी केकी

KalakarmiKalakarmiSourceMar 19, 20251 min read
पूर्ण तयारीका साथ भाइ विम्बलाई फिल्ममा डेब्यू गराउन लागि परेकी केकी
काठमाडौं– अभिनेत्री केकी अधिकारी एक कुशल अभिनेत्री मात्र नभएर सफल निर्मात्री पनि हुन् भन्ने कुरा यही वर्षको प्रारम्भमा प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ ले प्रमाणित गरेको छ । केकी अहिले व्यस्त अभिनेत्रीमध्येकी एक हुन्, तर व्यस्तताका बावजुद उनले फिल्म निर्माण गर्ने तयारी गरिरहेकी छिन् । यसपटक उनले निर्माण गर्ने फिल्म उनका लागि अन्य भन्दा केहि विशेष हुने भएको छ । किनभने केकीले निर्माण गर्न लागेको फिल्ममा उनका भाइ विम्ब अधिकारीले अभिनेताको रुपमा डेब्यू गराउँदैछिन् । यतिबेला फिल्म ‘परान’ को छायांकनमा व्यस्त अभिनेत्री अधिकारीले आफूले निर्माण गर्ने फिल्मका लागि प्राथमिक तयारी ...