नयाँ पोस्टरमा सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ को रहस्यमय कथा

KalakarmiKalakarmiSourceMar 18, 20251 min read
नयाँ पोस्टरमा सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ को रहस्यमय कथा
काठमाडौं– आगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘खेल’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन् । रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा नीलो र कालो रङ्गको संयोजनमा तयार पारिएको छ । यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ । पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ । ...