पापा इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘द्रौपदी’

KalakarmiKalakarmiSourceMar 17, 20251 min read
पापा इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘द्रौपदी’
काठमाडौं– यही चैत ८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘द्रौपदी’ एकपछि अर्को गर्दै विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनौट भैरहेको छ । अहिले आएर यो फिल्म हङ्गेरीमा आयोजना हुन लागेको एउटा फेस्टिभलमा पनि छनोट भएको छ । ऋषिराज आचार्यद्वारा निर्देशित यो फिल्म हङ्गेरीमा आगामी अप्रिल २३ देखि २७ सम्म आयोजना हुने ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा पर्न सफल भएको छ । आफ्नो बहुप्रतिक्षित फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा छनोट भएकोमा आफू निकै हर्षित भएको फिल्मका लेखक तथा निर्देशक ऋषिराज आचार्य बताउँछन् । यसरी द्रौपदी लगातार अन्तर्राष्ट्रिय फेस्टिभलमा पर्न सफल ...