बुद्ध र लुम्बिनीसँग सम्बन्धित चाईनिज फिल्म नेपालमा छायांकन

KalakarmiKalakarmiSourceMar 17, 20251 min read
बुद्ध र लुम्बिनीसँग सम्बन्धित चाईनिज फिल्म नेपालमा छायांकन
काठमाडौं- चिनियाँ कलाकारहरूले बुद्ध र लुम्बिनीसँग सम्बन्धित फिल्म बनाउने भएका छन्। ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक फिल्मको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा छायांकन गर्ने गरी फिल्मका निर्माता तथा कलाकारहरूले लुम्बिनीमा छलफल समेत गरेका छन्। चिनियाँ कलाकारहरूको टोलीले लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूसँग लुम्बिनीमा फिल्मको छायांकन गर्ने विषयमा छलफल गरेका हुन्। फिल्मका निर्माता चाउ डिफिङले आफूहरू अहिले फिल्मको छायांकनको लागि प्रारम्भिक जानकारी लिन मात्रै आएको बताए। उनले फिल्ममा चिनियाँ दूतावास सहित लुम्बिनी र बुद्धसँग सम्बन्धित स्थलहरूमा छायांकन गराइने जानकारी दिए। फिल्म निर्माण तथा कलाकारहरूको टोलीले पहिले चिनियाँ दूतावासमा छायांकन गरेर पछि मात्रै लुम्बिनीमा ...