काठमाडौं- दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को डबिङ प्रारम्भ भएको छ ।
निर्माण युनिटले आइतबार मुख्य अभिनेता हरिवंश आचार्यबाट फिल्मको डबिङ प्रारम्भ गरिएको हो । फिल्मले अनामनगर स्थित सम्राट फिल्म स्टुडियोमा डबिङ सुरु गरेको हो । आइतबार दिनभर आचार्यकै डबिङ हुने निर्माता सरोज ओलीले बताए ।
२०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय छ ।
फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन् । फिल्म सामाजिक ...
‘हरिबहादुरको जुत्ता’ को डबिङ प्रारम्भ


