काठमाडौं– अभिनेता नाजिर हुसेनको अभिनयलाई मन नपराउने दर्शक शायदै होलान्m, तर उनको अभिनय रहेको पछिल्लो फिल्म ‘केटी हराएको सूचना’ भने सोचे अनुसार चल्न सकेन ।
यद्यपि, नाजिरको फ्यान फलोइङ भने बढी नै रहेको छ । यहि क्रममा नाजिरले फिल्म निर्माणमा रुचि देखाएको बारेमा एउटा खबर बाहिरिएको छ । भनिन्छ, नाजिरले अब छिट्टै फिल्म निर्माणतिर पनि हात हाल्न लागेका छन् ।
यद्यपि, नाजिरले कहिले फिल्म बनाउने हुन् ? भन्ने बारेमा केहि पनि बताएका छैनन् । उनले फिल्म त बनाउने तर मिति भने अहिले निश्चित भैनइसकेको बताएका छन् ।
रंगमञ्चबाट ठूला पर्दामा झुल्किएका ...
नाजिर पनि अब फिल्म निर्माणमा ?


