काठमाडौं– फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आउटलः दफा २१९’ लाई दर्शकले अहिले अत्यधिक रुचाएका छन् । फिल्मको एक्शनले दर्शकलाई अति नै आकर्षित गरेको छ । फिल्मका कलाकारले गरेको अभिनयलाई पनि दर्शकले खुब मन पराइरहेका छन् ।
फिल्म प्रदर्शनमा आएदेखि नै फिल्मको बारेमा दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने सामाजिक सञ्जालमा पनि फिल्मलाई लिएर प्रशंसै प्रशंसा गरिएको छ ।
यति भएपछि फिल्म हेर्न दर्शकको भिड दिन–दिनै बढ्ने नै भयो । तर फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको बेलामा फिल्मलाई विराज भट्टको गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ सँग तुलना गर्न थालिएको छ ...
‘आउटलः दफा २१९’ लाई जब ‘१२ गाउँ’ सँग तुलना गरियो….


