काठमाडौ- पुस २७ गतेबाट रिलिज हुने फिल्म ‘चित्रा’को सिक्वल बन्ने देखिएको छ ।
सोमबार राजधानीमा फिल्मको प्रिमियर गरिएको थियो। सिनेमाको अन्तमा यसको छनक मिलेको हो।
पारिवारिक विषयमा बनेको फिल्मले प्रिमियरमा प्रशंसा बटुलेको छ। फिल्मको प्रिमियरमा अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, दीपा श्री निरौला, निर्मल शर्मा लगायतका थुप्रै सिनेकर्मीहरु प्रिमियरमा सिनेमा हेर्न पुगेका थिए।
उनीहरुले फिल्मको कथाले आफूहरुको मन छोएको बताउँदै डेब्यू अभिनेता सन्तोष अधिकारी, अभिनेता प्रमोद अग्रहरी, अभिनेत्री सिम्रन खड्का तथा बाल कलाकार आयुशी खड्काको कामको तारिफ गरेका थिए।
फिल्मलाई जुन शैलीमा टुङ्ग्याइएको छ त्यसले निर्माणपक्ष सिक्वलको तयारीका साथ आएको बुझ्नसकिन्छ। प्रिमियरको ...
‘चित्रा’ प्रदर्शन नहुँदै सिक्वेल बन्ने चर्चा !


