दोस्रो विकेण्ड पनि आक्रामक रहँदा ‘होस्टेल–३’ को ‘रक अन’ गीत यूट्युबमा (भिडियो)

KalakarmiKalakarmiSourceMar 16, 20251 min read
दोस्रो विकेण्ड पनि आक्रामक रहँदा ‘होस्टेल–३’ को ‘रक अन’ गीत यूट्युबमा (भिडियो)
काठमाडौं– गत हप्ता प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल–३’ को गीत ‘रक अन’ युट्यूबमा सार्वजनिक गरिएको छ । फिल्मको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताएका छन् । यस गीतमा ‘होस्टेल–३’ का प्रमुख कलाकारहरू पारस बम ‘कुल ब्वाइ’ तथा रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ । एरेन्ज योगेश काजीले गरेका छन् । ‘होस्टेल ३’ ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । यो फिल्म हाल नेपालबाहिर मध्य पूर्व, अस्ट्रेलिया लगायतका ...