‘परालको आगो’ मा  प्रकाश सपुत अनुबन्धित

KalakarmiKalakarmiSourceMar 14, 20251 min read
‘परालको आगो’ मा  प्रकाश सपुत अनुबन्धित
काठमाडौं- कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे, गौंथली र ...