काठमाडौं- आज फागू पूर्णिमाको अवसर पारेर काठमाडौं उपत्यकासहित देशका सम्पूर्ण पहाडी भूभाग होलीमय भएको छ ।
परिवारसंग दीपाश्री निरौला ।
आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले धूमधामका साथ होली मनाइरहेका छन् ।
पूर्व गृहमन्त्री तथा श्रीमान् रवि लामिछानेसंग फिल्मकर्मी नीकिता पौडेल लामिछाने ।
त्यसरी होली मनाइएका तस्विरहरुले सामाजिक सञ्जालसमेत रंगिएको छ ।
अभिनेत्रीद्धय एलिजा गौतम र पूजा शर्मा।
आज काठमाडौंमा प्रदर्शनको तयारीमा रहेका तथा प्रदर्शनरत केही फिल्महरुले आफ्ना काष्ट एण्ड क्रूहरुसहित होली मनाएका छन् ।
फिल्म पिताम्बरको टीम अर्थात अभिनेता प्रदीप खड्का र निर्देशक कृषा चौलागाईँसंग सञ्चारकर्मी ऋषि लामिछाने तथा अभिनेत्री एलिजा गौतम ।
हामीले संकलन गरेका तस्विरहरुमा कलाकारहरु ...
कलाकारहरुको होली अवतार


