काठमाडौं-नेपाल बाहिर प्रदर्शन भैसकेको फिल्म ‘राजागंज’ लाई केन्द्रिय जाँच पास समिति सेन्सर बोर्डले प्रदर्शन अनुमतिसँगै युनिभर्सल सर्टिफिकेट दिएको छ । आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई सेन्सर बोर्डले बुधवार दिउँसो प्रदर्शन अनुमति दिएको हो ।
सोमवार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरूमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको थियो । विशेष गरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’ को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको बताइएको छ ।
त्यसलाई हटाउन ...
‘राजागंज’ ले पायो युनिभर्सल सर्टिफिकेट


