काठमाडौं- नयाँ नेपाली फिल्म ‘कर्मा’ मा उपासना सिंह ठकुरीको लुक्स कस्तो होला भन्ने कौतुहलता मेटाउँदै निर्माण पक्षले उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । यो फिल्ममा उनी अभिनेता विपीन कार्कीको अपोजिटमा रहेकी छिन् ।
सार्वजनिक लुक्समा उनी सामान्य कुर्था-सुरुवालमा देखिएकी छिन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छिन् ।
यद्यपि, यसबारे निर्माण पक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ ।
उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन ...
बाहिरियो उपासनाको ‘कर्मा ‘ लुक्स


