‘अञ्जिला’ को भव्य प्रीमियर: भावुक बने दर्शक

KalakarmiKalakarmiSourceMar 11, 20251 min read
‘अञ्जिला’ को भव्य प्रीमियर:  भावुक बने दर्शक
काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नु परेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा आधारित नयाँ नेपाली फिल्म ‘अञ्जिला’ को काठमाडौंमा भव्य रेड कार्पेट प्रीमियर गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी)  राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रीमियर समारोहमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, निर्देशकहरू ...