दैलेख – दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली फिल्मको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको हो । यस अवसरमा सहरदेखि गाउँसम्म फिल्म र पर्यटन जोड्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिए ।
कर्णालीमा पर्यटन विकास र फिल्मसँग सम्बन्धित गतिविधिहरू बढाउन यस महोत्सवले विशेष पहल लिएको छ । महोत्सवमा प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको उपस्थिति रहेको थियो । यस क्षेत्रको भौगोलिक बनावट र पर्यटकीय सम्भावनालाई ...
‘कर्णालीलाई फिल्मबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु’: अभिनेता खड्का


