‘आउटलः दफा २१९’ले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्ने दाबी

KalakarmiKalakarmiSourceMar 10, 20251 min read
‘आउटलः दफा २१९’ले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्ने दाबी
काठमाडौं- फागुपूर्णिमाको अवसरमा, नयाँ फिल्म ‘आउटलः दफा २१९’ बिहीबारबाट प्रदर्शनमा आउने भएको छ। यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने, अमित अग्रहरी फिल्मका निर्माता हुन्। निर्देशक महर्जनका अनुसार, यो फिल्म निर्माण गर्नका लागि २ वर्षको समय र सबै टिमको कडा मेहनत लागेको छ। उनले भने, “यो फिल्ममा केवल एक्सन मात्रै होइन, एक्सनसँगै नेपालका महत्वपूर्ण विषयहरूलाई पनि उठान गरिएको छ। यसमा एक्सन, ड्रामा, कमेडी र थ्रीलर सबै मिश्रित छ। दर्शकलाई यस पटक धेरै सरप्राइजको सामना हुने छ, ट्रेलरमा भने सबै कुरा खोलिएको छैन।” महर्जनले यो फिल्मको कथा काल्पनिक भएको र कुनै व्यक्तिको ...