‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर सार्वजनिक

KalakarmiKalakarmiSourceMar 10, 20251 min read
‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं– गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ । फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर ...