काठमाडौं- निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अभिनेता प्रकाश घिमिरे भित्रिएका छन् ।
फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिवार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमिरेलाई अनुबन्धित गरेको हो ।
चैत्र तेस्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल,प्रकाश घिमिरेका साथमा रबिन्द्र झालगायतका चर्चित कलाकार अनुबन्धित भइरहेका छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् । बाबुल ...
‘डल्लेले इन्ट्री मार्याे’ मा प्रकाश घिमिरेको इन्ट्री


