‘होस्टेल ३’ हेर्न दर्शकको व्यापक चाप, कलाकारलाई बोकेर नचाए

KalakarmiKalakarmiSourceMar 8, 20251 min read
‘होस्टेल ३’ हेर्न दर्शकको व्यापक चाप, कलाकारलाई बोकेर नचाए
काठमाडौं – शुक्रवार रिलिज भएको नेपाली फिल्म ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । शुक्रवार देशभरका हलहरूमा करिब ५०% अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए । त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा चलचित्रले सफलता प्राप्त गरेको बताए । यसैबीच, यस फिल्मका कलाकारहरू शनिवार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । दर्शकले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् भने कलाकार आफ्नो अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन् । दर्शकले ‘होस्टेल ३’ अपेक्षा ...