भव्य भयो तीन दिने महिला चलचित्र महोत्सव

KalakarmiKalakarmiSourceMar 6, 20251 min read
भव्य भयो तीन दिने महिला चलचित्र महोत्सव
काठमाडौं– चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मि सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । महोत्सवको तेस्रो तथा अन्तिम दिन वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भयो। यस महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि रहेकी थिइन । उक्त अवसरमा नेपाली फिल्मको ऐतिहासिक धरोहर मानिएको ४६ वर्षअघिको फिल्म सिन्दुर प्रदर्शन गरिएको थियो। साथै, सो चलचित्रका प्रमुख कलाकारहरूको ललितकलाद्वारा तयार पारिएको विशेष मुहारचित्र उनीहरूलाई समर्पण गरिएको थियो। महोत्सवको दोस्रो दिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख ...