अभिनेत्री स्वस्तिमा खड्का अब नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

KalakarmiKalakarmiSourceMar 4, 20251 min read
अभिनेत्री स्वस्तिमा खड्का अब नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर
काठमाडौं– लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई नेपाल टेलिकमले आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल अभिनेत्री खड्काले सोमवार आयोजित एक समारोहमा सम्झौता–पत्रमा हस्ताक्षर गरेकी छिन् । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रवन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पनि हस्ताक्षर गरेकी छिन् । उक्त अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले नेपाली फिल्म क्षेत्रकी ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन तथा बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् । कार्यक्रममा ब्राण्ड एम्बेसडर स्वस्तिमा ...