काठमाडौं- निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित नयाँ नेपाली फिल्म ‘राजागञ्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको तीन मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ ।
आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसन पनि ट्रेलरमा हेर्न ...
ट्रेलरमा ‘राजागञ्ज’: मधेश आन्दोलनको झल्को


