काठमाडौं– अभिनेत्री आशा भुसाल सानो पर्दाका दर्शकलाई लागि लोकप्रिय अनुहार हो । ‘भद्रगोल’ सहित दर्जनौं टेलिश्रृंखलाहरुमा अभिनय गरिसकेकी यी अभिनेत्रीले विभिन्न नेपाली तथा भोजपुरी फिल्महरुमा पनि आफूलाई प्रस्तुत गरिसकेकी छिन् । उनी म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त हुन्छिन् ।
यसैबीच, अघिल्लो साता यी अभिनेत्रीे एक साथ चार वटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । पाल्पा तथा वरपरका आकर्षक लोकेशनमा एक हप्ताको अवधिमा छायांकन गरिएका भिडियोहरुमा अभिनेत्री भुसालले अभिनय गरेकी छिन् । उनलाई कलाकरा हरि भण्डारीले यी भिडियोहरुमा साथ दिएका छन् ।
अभिनेत्री भुसालले पाल्पाको तानसेन तथा रानिमहल क्षेत्रमा छायांकन गरिएका गायक आनन्द ...
नयाँ भिडियोबाट आशावादी छिन् आशा


