सोसल मिडियामा महत्वपूर्ण दृष्य लिक भएपछि तनावमा ‘मायावी’ टीम, साइबर ब्यूरोमा उजुरीदिने तयारी

KalakarmiKalakarmiSourceFeb 27, 20251 min read
सोसल मिडियामा महत्वपूर्ण दृष्य लिक भएपछि तनावमा ‘मायावी’ टीम, साइबर ब्यूरोमा उजुरीदिने तयारी
काठमाडौं- महाशिवरात्रिको दिन अर्थात हिजो फागुन १४ गतेदेखि प्रदर्शनमा आएर दर्शकको अत्यधिक साथ पाइरहेको नयाँ नेपाली फिल्म ‘मायावी’को निर्माण पक्ष अचानक तनावमा आएको छ । सामाजिक सञ्जाल टिकटकमा फिल्मका क्लाइमेक्ससहितका फिल्मका महत्वपूर्ण दृष्यहरु लिक भएपछि निर्माण पक्ष तनावमा आएको हो । फिल्मका निर्देशक दिवाकर भट्टराईले बिहीवार बिहान कलाकर्मीसंग कुराकानी गर्दै सामाजिक सञ्जालमा आफ्नो फिल्मका महत्वपूर्ण दृष्यहरु लिक गर्ने व्यक्ति विरुद्ध साइबर ब्यूरोमा उजुरी दिएर कडा कारवाही गर्ने तयारी भैरहेको बताए । हाम्रो फिल्मको क्लाइमेक्स नै टिकटकमा राखिएको छ । यसरी सिनेमा हलबाट हाम्रो फिल्म खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिको पहिचान ...