बुद्धि तामाङको फिल्म ‘कुस्ती’ को छायांकन प्रारम्भ

KalakarmiKalakarmiSourceFeb 26, 20251 min read
बुद्धि तामाङको फिल्म ‘कुस्ती’ को छायांकन प्रारम्भ
काठमाडौं– कलाकार बुद्धि तामाङले पहिलो पटक निर्माण गर्न लागेको नेपाली फिल्म ‘कुस्ती’ छायाङ्कन छायांकन प्रारम्भ छ । मंगलवार साँझ काठमाडौंको मातातीर्थमा मुहुर्त पूजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन प्रारम्भ गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताएका छन् । ‘सहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायाङ्कन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक–अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहने छ’, निर्देशक योञ्जनले भने । निर्देशक ...