सिनेमाघरमा ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’

eHimalaya TimeseHimalaya TimesSourceFeb 25, 20251 min read
सिनेमाघरमा ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’
आजदेखि सिनेमाघरमा कुमार कट्टेलको निर्देशन रहेको ‘लाज शरणम्’, दिवाकर भट्टराईको निर्देशन रहेको ‘मायावी’ र निरोज महर्जनको निर्देशन रहेको ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आएका छन् । नेपालमा नयाँ चलचित्र शुक्रबार सिनेमाघरमा आउने परम्परा रहे पनि चाडपर्व तथा विशेष अवसरमा भने अन्य दिन पनि सिनेमा रिलिज हुँदै आएका छन् । सामान्यतया शुक्रबार रिलिज हुने परम्परालाई यस शिवरात्रिमा पनि तोडिएको छ । बुधबार रिलिज हुने तीन चलचित्र देशभर एकअर्काेसँग भिड्दैछन् ।