‘मायावी’ को प्रीमियरमा दीपिका दुलही बनेर पुग्दा करिष्माको भने हट अवतार

KalakarmiKalakarmiSourceFeb 25, 20251 min read
‘मायावी’ को प्रीमियरमा दीपिका दुलही बनेर पुग्दा करिष्माको भने हट अवतार
काठमाडौं– आज–भोलि फिल्मको प्रीमियर समारोह फिल्म निर्माण टिमका लागि एउटा महत्वपूर्ण अंग बनिसकेको छ । प्रीमियर समारोहका लागि अहिले विभिन्न तयारी गरिन्छ । प्रीमियर समारोह आयोजना गरिने स्थान अर्थात सिनेमा हलको सजावटदेखि तामझामसम्म र रेड कार्पेटमा वाक गर्दै समारोहस्थलमा पुग्ने कलाकारको स्वाग नै बेग्लै हुन्छ । अर्को शब्दमा भन्नु पर्दा कुनै पनि फिल्मको प्रीमियर समारोह उक्त फिल्म कास्ट एण्ड क्रूका लागि एउटा उत्सव अथवा पर्व भन्दा कम मानिँदैन । त्यही उत्सवलाई सेलिब्रेट गर्ने समारोहमा सबै जना आकर्षक, सुन्दर, फिट एण्ड फाइन देखिनु पर्ने बाध्यतामात्र होइन रहर नै बन्न पुग्छ । ...