भिडियो पसल एपमा आयो ‘चिसो मान्छे’

KalakarmiKalakarmiSourceJan 5, 20241 min read
भिडियो पसल एपमा आयो ‘चिसो मान्छे’
काठमाडौं– दीपेन्द्र के खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘चिसो मान्छे’ नेपाली ओटीटी प्ल्याटफर्म भिडियो पसलमा रिलिज भएको छ । यद्यपि, अहिलेका लागि यो फिल्म नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । ‘चिसो मान्छे’ कोरोना कालमा सिनेमा हलमा रिलिज भएको थियो । त्यसकारणले पनि विदेशमा बस्ने धेरै दर्शकमाझ नपुगेको हुनाले यसलाई ओटीटीमार्फत रिलिज गरिएको भिडियो पसलका सह–संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर यो फिल्म रिलिज गरिएको हो । सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरेर यो फिल्म चलचित्र हेर्न सकिन्छ । ...