काठमाडौं– निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज ‘चित्रा’ लाई बाबु–छोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए ।
‘बाबु–छोरीको कुरा यो फिल्ममा एउटा बाटो हो, यसबाहेक फिल्ममा धेरै कुरा छन्’, उनले भने । ‘चित्रा’ यही पुस २७ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।
निर्देशक लामिछाने ‘चित्रा’ लाई पूर्ण पारिवारिक फिल्मका रुपमा बुझ्न आग्रहसमेत गरे ।
यो फिल्मबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा डेब्यू गरेका छन् ...
‘चित्रा पूर्ण पारिवारिक फिल्म हो’ : घनश्याम लामिछाने, निर्देशक


